१५ चैत्र २०८०, बिहीबार
नरभक्षी बाघ नियन्त्रणकालागि बाँके पुग्यो प्राविधिक टोली
  • काँचुली खबर

बाँकेको राप्तीसोनारीमा दिनहुँ आतंक मच्चाइरहेको बाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ ।

बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका छन ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिना भित्रमा ४ जनाको ज्यान गइसकेको छ । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी-६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी-४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो ।

यस अघि पनि राप्ती सोनारी वडा नं. १ गाभर र नरैनापुरमा एक-एक जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ । बाघको दिनहुँ आक्रमण भएपछि स्थानिय बसिन्दहरु त्रसित भएका छन ।

बाघ नियन्त्रणका लागि ३ जनाको प्राविधिक टोली रहेको छ । फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर प्राविधिक टोलीले बाघ नियन्त्रण गर्ने वन कार्यालय प्रमुख कांडेलले बताए ।

प्राविधिक टोलीलाई सहयोगको लागि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनालाइ पनि खटाइएको छ ।

  • २७ पुष २०७८, मंगलवार १२:४० प्रकाशित
  • Nabintech