१३ बैशाख २०८१, बिहीबार
रोयल र नेपालगन्ज स्पोर्टिङ क्लब फाइनलमा
  • काँचुली खबर

नेपालगन्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्पोर्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्पोर्टिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गते सम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

  • २५ पुष २०७८, आईतवार २२:५० प्रकाशित
  • Nabintech