७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जका आन्दोलनरत पक्ष र सरकारबीच सहमति
  • काँचुली खबर

नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेको छ ।

गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सहमति जुटेको र केहीबेरमा माइतीघरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने आन्दोलनरत पक्षको नेतृत्व गरेकी अधिकारकर्मी रुबी खानले जानकारी दिइन् ।

गृहमन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार छानबिन समितिको प्रतिवेदन कार्यान्वयन, घटनाको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्नेसहितको चार बुँदे सहमति भएको छ ।

  • २० पुष २०७८, मंगलवार २०:०३ प्रकाशित
  • Nabintech