२६ बैशाख २०८१, बुधबार
अध्यक्षसहित माओवादीका १५ पदाधिकारी सोमबार चयन हुने
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।

आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।

उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए ।

आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।

  • १८ पुष २०७८, आईतवार १९:४० प्रकाशित
  • Nabintech