१२ बैशाख २०८१, बुधबार
माओवादी महाधिवेशन : आजै केन्द्रीय कमिटी घोषणाको तयारी
  • काँचुली खबर

नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिका अनुसार आइतबार केहीबेरमै बन्दसत्र सुरु गर्न लागिएको छ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् ।

बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ भने सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्नेछ । स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ ।

आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ ।

  • १८ पुष २०७८, आईतवार १४:५६ प्रकाशित
  • Nabintech