१६ चैत्र २०८०, शुक्रबार
यस वर्ष असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु
  • काँचुली खबर

नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस वर्षको असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ ।
सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो बर्ष भने सर्पदंसबाट ज्यान गुमाउनेको सँख्या बढेको छ । वर्षा शुरु भएयता दैनिक ८–१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकास बहादुर थापाले जानकारी दिनुभयो । ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको मेसु थापाले बताउनुभयो ।
भेरी अञ्चल अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पुर्बि,पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् । अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा थापाले बताउनुभयो

  • २२ असार २०७५, शुक्रबार १७:१६ प्रकाशित
  • Nabintech