१३ बैशाख २०८१, बिहीबार
रेडियाेकर्मिहरुकालागी क्षमता अभिबृद्दि तालिम सुरु
  • काँचुली खबर

रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए ।

तालिमको काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले शुक्रबार उद्घाटन गरेका छन । तालिमको उद्घाटन  गर्दै प्रमुख रावतले काेहलपुर नगरपालिकालाई संचारमैत्रि  नगरपालिका बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनलेे पत्रकारिताका माध्यमिक समाज रुपान्तरणमा लाग्न अाग्रह समेत गरे ।

तालिममा सहभागी संचारकर्मिहरुलाई अाफ्नाे क्षमता विकास गरि थप व्यावसायि हुन काेहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरीले आग्रह गरिन ।

पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारीता क्षेत्रमा सक्रिय तथा हालै प्रबेशी संचारकर्मीहरुको क्षमता अभिबृद्दिका लागि कोहलपुर नगरपालिकाले लिएको निति महत्त्वपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका थिए । उनले समग्र पत्रकारीता क्षेत्रको बिकासका लागि नगरपालिकाले प्रभावकारी योजनाहरु संचालन गर्नु पर्नेमा जोड दिए ।

तालिमको पहिलो दिन पत्रकार महासङ्घ बाँकेका अध्यक्ष  ठाकुर सिंह थारु र सचिब तिलक गाउलेले सहभागि प्रशिक्षार्थीहरुलाई आफ्ना अनुभवका साथै पत्रकारीताको पछिल्लो अबस्थाका बारेमा जानकारी गराएका थिए ।

 

  • २२ असार २०७५, शुक्रबार १५:५९ प्रकाशित
  • Nabintech