१४ बैशाख २०८१, शुक्रबार
निलम्बनमा परे पर्यटन बोर्डका सीईओ रेग्मी
  • काँचुली खबर

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् ।

सचिव न्यौपानेले पर्यटन बोर्डको अध्यक्षका हैसियतमा यस्तो निर्णय लिएको जानकारी आफूले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

यसअघि त्रिभुवन विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको भन्दै रेग्मीलाई लिखित स्पष्टीकरण सोधिएको थियो । ‘उहाँमाथि लागेको आरोपबारे थप अनुसन्धान हुन्छ,’ मन्त्री आलेले भने ।

योगेश भट्टराई पर्यटनमन्त्री हुँदा रेग्मी बोर्डका नियुक्त भएका थिए ।

  • २ पुष २०७८, शुक्रबार २१:०३ प्रकाशित
  • Nabintech