६ जेष्ठ २०८१, आईतवार
राखेप सदस्य सचिव घिसिङद्धारा शपथ ग्रहण
  • काँचुली खबर

राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवनियुक्त सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको थियो । १ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको मन्त्रालयले मंसिर ४ गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको थियो । युवा तथा खेलकुद मन्त्री अथकले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सह-सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिती गठन गरेका थिए ।

समितिले सदस्य सचिवकालागि मन्त्री अथक समक्ष टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोही नाममध्ये सोमबारको मन्त्रीपरिषद बैठकले घिसिङलाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । राखेप सदस्य सचिवकालागी १८ जनाको आवेदन परेको थियो ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले मंसिर ९ को मन्त्रीस्तरीय निर्णयबाट राखेप बोर्ड सदस्यमा ८ जनालाई नियुक्त गरिसकेको छगरिसकेको छ ।

  • १४ मंसिर २०७८, मंगलवार १६:१० प्रकाशित
  • Nabintech