भ्यू–टावर सहितको घण्टाघरकालागि १ कराेड माग
  • काँचुली खबर

कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन गर्न स्थानीयहरुले कोहलपुर नगरपालिका समक्ष माग गरेका छन् ।

कोहलपुर नगरपालिकाको मात्र नभएर पश्चिम नेपालकै गौरवको आयोजनाका रुपमा यसलाई लिन र शहरको मुटुमा रहेकाले यस्तो महत्व पनि कोहलपुरको सुन्दरतासँग जोडिएका स्मरण गराउँदै स्थानीयहरुले क्रमागत विनियोजन गरिने बजेटमा चालु आ.ब.मा रु १ करोड विनियोजन गर्न कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई ज्ञापन ण्पत्र समेत पेश गरेको स्थानीय सुभाष गिरीले बताए ।
गोलपार्क संरक्षण समिति तथा गोलपार्क सुधार समितिको पहलमा स्थानीय राजनीतिज्ञ, वुद्धिजिवी, समाजसेवी, व्यापारी समेत करिब दुई दर्जन स्थानीयहरुको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् ।

  • २२ असार २०७५, शुक्रबार ०९:४५ प्रकाशित
  • Nabintech