१३ बैशाख २०८१, बिहीबार
एआरभी पद्धतीबाट एड्स संक्रमितको जीवन रक्षा
  • काँचुली खबर

एचआइभी एड्स संक्रमितहरु लाई एआरभी परीक्षण उपचार पद्धतीले जीवन रक्षा र आयु लम्ब्याउने गरेको सो क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बताएका छन् । कोहलपुरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा एआरभी परीक्षण उपचार पद्धतीको बारेमा स्वास्थ्यकर्मी र सरोकारवालाहरुबीच गरिएको अभिमूखिकरण कार्याक्रममा सो क्षेत्रमा काम गरिरहेकाहरुले यस्तो बताएका हुन ।

एआरभी अर्थात् ‘एन्टी रिट्रोलभाइरल थेरापीले एचआइभी का बिरामीलाई अत्यन्तै फाइदा गरेको भेरी अञ्चल अस्पतालमा रहेको एआरभी विभागको तथ्याङ्कले देखाएको छ । यसले संक्रमितहरूलाई एचआइभीको संक्रमण कम गराउनुका साथै
शरीरको रोग प्रतिरोधात्मक शक्तिको गतिमा कम हुने क्रमलाई घटाउने हुँदा एचआइभी संक्रमितहरुको आयुलाई लम्ब्याउने र तस्दुरुस्ती पैदा गराउने कामा गर्ने भरी अञ्चल अस्पतालका फिजिसियन तथा एचआइभी एड्स विभाग प्रमुख डाक्टर संकेत रिजालले बताए । डा. रिजाल भन्छन्,‘यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन् । यो थेरापी लिएकामध्ये १० प्रतिशतको मात्र मृत्य हुने गरेको छ ।’ एचआइभी पोजेटिभ संक्रमित आमाहरुबाट जन्मेका बच्चाहरुमा एआरभी उपचार पद्धतीकै कारण बाँकेमा ९९ प्रतिशत बच्चाहरुमा संक्रमणलाई नेगेटिभ बनाउन सफल भएको र यो नेपाल भरीमै राम्रो नतिजा रहेको डा. रिजालले बताए ।
डा. रिजालले भने, ‘एड्स भएको भने पछि उसका आफ्नै साथीभाई, घरपरिवार र समाजले अपहेलना गर्ने भएकाले एड्स भएको थाहा पाएर पनि परीक्षण गराउन र औषधी सेवन गर्न नचाहने प्रवृत्ति रहेको छ । अहिले संक्रमितलाई माया गर्ने तथा प्रोत्साहन गर्ने कार्य बढेकाले बिस्तारै संक्रमितहरुले रगत परीक्षण गराउन थालेका छन् ।’
उनका अनुसार पछिल्ला वर्षमा एचआइभीका औषधि आएको तथा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन र उनीहरु अस्पाताल वा स्वास्थ्य केन्द्रसम्म पुग्न थालेका छन् । एचआइभी एड्सको एआरभी नेपालका सबै जिल्लाहरुमा सरकारले लागु गरेको छ । उनका अनुसार हाल एचआइभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टिरेक्ट्रो भाइरल (एआरभी उपचार) कार्यक्रम सुरु गरिसकिएको छ भने अन्य उपचारका कार्यक्रम पनि ल्याइएको छ ।


जिल्ला जनस्वास्थ्य अधिकृत राम बहादुर चन्दका अनुसार भरी अञ्चल अस्पतालबाट एचआरभी सेवा शुरु बताए । बाँकेमा मात्र ९ सय ६२ जनामा एचआइभी पोजेटिभ देखिएको छ । त्यसमा पनि ५ सय ३५ जना पुरुष, ४ सय १४ जना महिला र १३ जना तेस्रो लिङ्गीहरुमा पाइएको चन्दले बताए ।
डा. रिजालका अनुसार एचआइभी संक्रमित व्यक्तिका
शरीरमा रोगप्रतिरोधात्मक क्षमता दुई सय ५० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ । उनका अनुसार एआरभी सेवा लिएका १० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ । रिजालले जसरी नेपाल सरकारले विभिन्न खोपहरुलाई सरकारकै लगानीमा अनिवार्य गरायो र यसमा सफलता पायो त्यसरी नै एचआइभी रक्त परीक्षणलाई पनि अनिवार्य टेष्ट गर्नै पर्ने बनाउन सुझाव दिए । विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्छ । नेपालमा भने चार हजार पाँच सय नौ जनाले मात्र यस्तो सेवा लिएका छन् ।
सरकारी तथ्यांक अनुसार यो सेवा देशभरिका १७ हजारभन्दा बढी संक्रमितलाई आवश्यक पर्ने अनुमान गरिए पनि १५ हजार चार सय ४३ मात्रै यसको दायरामा
छन् । ‘संक्रमितले नियमित रूपमा सन्तुलित खाना खाने र व्यायाम गर्ने हो भने लामो समयसम्म बाँच्न सक्छन’ उनले भने, ‘नियमित पोसिलो खाना खाने हो भने निरोगीसरह जीवन जिउन सक्छन र बाँचिरहेका छन् ।’ ‘संक्रमितले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा
हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषणयुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरेमा आयु लामो हुनेछ ।’
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एन्टी रिट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ । अधिकांश मानिसमा एचआइभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ ।
तर, एचआइभी र एड्स फरक कुरा हो । एचआइभी भनेको सुरुवाती अवस्था हो । यसलाई ह्युमन इम्युनो डिफिसियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने जीवाणुले आक्रमण गर्नु हो । एचआइभीको संक्रमण बिस्तारै बढ्दै जाँदा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोमको रूप लिन्छ । यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ । यस रोगका बारेमा छिट्टै थाहा हुँदैन, किनकि यसको कुनै विशेष लक्षण हुँदैन । तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ र यसले मानव शरीरका सबै अंगहरुमा प्रतिकूल प्रभाव पार्दै जान्छ ।

  • २२ असार २०७५, शुक्रबार ०९:१९ प्रकाशित
  • Nabintech