१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न
  • काँचुली खबर

असार १० गते प्रारम्भ भएकोह कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७५|०७६ को निति तथा कार्यक्रम, कोहलपुर नगरपालिका कृषि ब्यवसाय प्रवद्र्धन विधेयक, कोहलपुर नगरपालिका विपद्
जोखिम न्यूनिकरण तथा व्यवस्था गर्न बनेको विधेयक र अनाथ तथा जोखिमयुक्त वालवालिका सामाजिक सुरक्षा कार्यक्रम ऐन (संचालन कार्यविधि) २०७५ समेत पारित भएका छन ।
नगरसभा प्रारम्भ भएको मितिदेखि विषयगत समितिहरुले पेश गरेका र संघिय सरकारबाट सशर्त अनुदान प्राप्त हुने विभिन्न शिर्षकका बजेट तथा आन्तरिक राजश्वबाट प्राप्त हुने बजेटलाई समेत विनियोजन गरिने बिभिन्न शिर्षकहरु कार्यपालिकाका बैठकमा छलफल हुँदै बिहिबारको नगरसभामा प्रस्तुत गरिएको थियो ।
बिहिबार सुरु भएको नगरसभाको शुन्य समयमा नगरसभाका विभिन्न सभासदहरुले निति कार्यक्रम, बजेट विनियोजन गरीएका शिर्षक, लक्षित वर्गका कार्यक्रम तथा केही सार्वजनिक महत्वका विषयहरुमा आ–आप्mनो धारणाहरु राखेका थिए ।


त्यस्तै अर्थ विधेयक र विनियोजित शिर्षकको बजेट, प्रस्तुत गरिएका विधेयकहरुमा समेत केही संशोधन प्रस्तावहरु दर्ता भएका थिए । दर्ता भएका संशोधन प्रस्तावहरु मध्ये उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताबाहेक सबै संशोधन प्रस्तावहरु बहुमतले अस्विकृत भएका थिए । उप–मेयर कप महिला क्रिकेट प्रतियोगिता सम्बन्धि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सत्तापक्षका सबै सभाषदहरु ‘हुन्न’ नभनी मौन बसेपछि सो संशोधन प्रस्ताव पारित भएको सभामुखले घोषणा गरेका थिए ।
तेस्रो नगरसभाको समापन गर्दै सभामुखको भूमिकामा रहेका नगरपालिका प्रमुख लुटबहादुर रावतले जनताको काम गर्दा पार्टि विशेषको भुमिकामा नभई जनताका प्रतिनिधीको भूमिकामा रहि काम गर्न सभाषदहरुलाई आग्रह समेत गरे ।

  • २१ असार २०७५, बिहीबार २२:४० प्रकाशित
  • Nabintech