२६ बैशाख २०८१, बुधबार
खेलकुद मन्त्री अथकद्वारा म्याराथन बिजेतालाई पुरस्कार वितरण
  • काँचुली खबर

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । शनिवार नेपालगन्जमा सम्पन्न सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि मन्त्री अथकले पुरस्कार बितरण गरेका हुन ।
फुल म्याराथन दौडको प्रथम स्थान हासिल गरेका किरणसिंह बोगटीले १ लाख नगद राशीको पुरस्कार हात पारेका छन । उनले फुल म्याराथन ४२.१९५ किलोमीटरको दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन ।

 
त्यसैगरी, द्वितीय स्थान प्राप्त गरेका नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतले ५० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गरेका थिए ।
त्यसैगरी, तेश्रो स्थान प्राप्त गरेका आर्मीका सन्तोष बिष्टले ३० हजार रुपैयाँ पाए । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका थिए ।
हाफ म्याराथन तर्फको २१ किलोमीटर दुरीमा प्रथम स्थान हासिल गरेकी धादिङकी सन्तोषी श्रेष्ठले ५१ हजार रुपैयाँको पुरस्कार हात पारेकी छिन । श्रेष्ठले उक्त दुरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पार गरेकी हुन ।

त्यसैगरी, द्वितीय स्थान हुन अफल भएकी एपिएफकी पुष्पा भण्डारीले २५ हजार रुपैयाँ पाएकी छिन । उनले उक्त दुरी १ घण्टा १९ मिनेट १८ सेकेन्डमा पार गरेकी हुन ।
तेस्रो भएकी सुर्खेतकी बिन्दु हमालले १५ हजार रुपैयाँ प्राप्त गरीन । उनले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा सो दुरी पूरा गरेकी थिइन ।
फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएका थिए ।

  • ४ मंसिर २०७८, शनिबार १२:५७ प्रकाशित
  • Nabintech