२५ बैशाख २०८१, मंगलवार
नेपालगन्ज खेलकुदको शहर हो : राजेश हमाल
  • पुष्पराज हमाल

४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन ।

विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिएका छन ।

म्याराथनका प्रमुख अतिथि  युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले झण्डा हल्लाएर तथा महानायक राजेश हमालले सिठ्ठि फुकेर म्याराथनको उद्घाटन गरेका छन ।

  • ४ मंसिर २०७८, शनिबार १०:२१ प्रकाशित
  • Nabintech