७ बैशाख २०८१, शुक्रबार
नेकपाका अध्यक्ष प्रचण्ड बाँके आउने
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भोली (शुक्रबार) बाँकेको नेपालगंज आउने भएका छन । उनीसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि नेपालगंज आउँदै छन । कार्लमाक्स द्धिसत-बार्षिकी समारोह समिति पाँच नम्बर प्रदेश कमिटीले आयोजना गर्न लागेको प्रदेश स्तरिय गोष्टीको उद्घाटनका लागी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल नेपालगंज आउन लागेका हुन ।
कार्यक्रमका बारेमा जानकारी दिन बिहीबार नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ठाकुर गैरेले दुबै जना मुख्य वक्ताको रुपमा रहने जानकारी दिए ।
गैरेका अनुसार शुक्रबार १२ बजे कार्यक्रमको उद्घाद्टन गरिने र त्यस लगत्तै वैचारिक प्रशिक्षण गोष्टि सुरु हुने छ । मुख्य प्रशिक्षकका रुपमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको कम्युनिष्ट आन्दोलन बिकास क्रम बारे आफनो प्रस्तुति राख्नेछन । यसैगरी नेकपाका स्थायि समिति सदस्य तथा कार्लमाक्स द्धिसत–बार्षिकी मुल समारोह समितिका केन्द्रिय संयोजक घनश्याम भुषाल, कार्लमाक्स द्धिसत-बार्षिकी मुल समारोह समितिका सह-संयोजक राम कार्कीको पनि विषयगत प्रस्तुति रहने छ ।

कार्लमाक्स र माक्सबादका विषयमा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा माक्सवाद विचारका अध्येता प्रदिप गिरीले पनि प्रशिक्षण दिनेछन भने माक्सवाद र विज्ञानका बारेमा गणेश शाहले प्रशिक्षण दिने कार्यतालिका रहेको छ । संयोजक गैरेका अनुसार पाँच नम्बर प्रदेशका एक हजार ब्यक्तिहरुको गोष्ठिमा सहभागीता रहनेछ ।
कार्लमाक्स द्धिसत–बार्षिकी समारोह समितिले आयोजना गरेको उक्त गोष्ठीमा उर्जा तथा जल स्रोत सिंचाई मन्त्री वर्षमान पुन (अनन्त) र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल सहभागी हुने संम्भावना प्रचुर रहेको गैरेले जानकारी दिए ।

?

काठमाडौ र नेपालगंजको गोष्टिबाट निस्कीएका निष्कर्षहरु खासगरी देशलाई अगाडि बढाउने सन्दर्भका विचार धारात्मक, वैचारिक, सैदान्तिक कामको क्षेत्रमा समावेश गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । ५ मे २०१८ का दिन कार्लमाक्स जन्मिएको २ सय वर्ष पुगेकाले पनि यो वर्ष भरी कार्लमाक्स द्धिसत–बार्षिकी मुल समारोह समितिले विभिन्न रचानात्मक कामहरुका साथै गोष्टि, सेमिनारहरुमा जोड दिई नेपालमा माक्सवादको चर्चा परिचर्चा, विष्लेषण तथा आवाश्यकताबारे अवगत गराई रहेको बताईएको छ ।

सोही अनुसार ७ वटै प्रदेशमा कार्यक्रमहरु तयारी गरिएको छ । सोही क्रममा पहिलो कार्यक्रम नेपालगंजमा आयोजना गरिएको हो । यसैगरी आगामी साउन ६ र ७ गते कर्णाली (६ नम्बर) प्रदेशमा कार्यक्रम हुने भएको छ । काठमाडौ कार्यक्रमको घोषणा पत्र बमोजिम नेपालका ३० वर्ष मुनिका १० हजार युवा-युवतिका विचमा माक्र्सवादको सिद्धान्त, दर्शनलाई अध्ययनको विषय बनाउने पनि योजना बनाईएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक), पूर्व सांसद तथा नेकपाका नेता देबराज भार, पाँच नम्बर प्रदेश सदस्य तथा नेकपा नेता आईपी खरेल, नेता निरक गुरुङ,  रत्न खत्री लगायतको उपस्थिती रहेको थियो ।

  • २१ असार २०७५, बिहीबार २०:४० प्रकाशित
  • Nabintech