१४ बैशाख २०८१, शुक्रबार
‘म ‘कल गर्ल’ होइन, पुरुष मेरा खेलौना !’
  • काँचुली खबर

२९ नोभेम्वर, २०१५ मा उपर्युक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै स्मिता थापाले लेखेकी थिइन्,‘यदि म तिम्रो ‘क्रस’ हो भने मेरा ३|४ तस्बिर मन पराऊ, कोही पनि मबाट आशावादी हुनेछैनन्, मेरा तस्बिर सेयर गर र हेर तिमीलाई कसले मन पराउँछ ।’

सामाजिक सञ्जालमा तेज गतिमा दौडिरहेकी स्मिताको यो पुरुषका लागि चुनौति थियो । लुकेर उनीसँग कुरा गर्ने, छिल्लिने र केही माग गर्नेहरूका लागि सार्वजनिक चुनौति पनि हुन सक्छ ।

र, केही साता अघि माथिको तस्बिर राखेर लेखिन्, ‘मेरो मान्छेलाई नछोऊ, सन्देश नपठाऊ, उसको बारेमा चिन्ता नलिऊ, ऊ मेरो हो ।’ यो उनको महिलालाई चुनौति थियो । स्मिता र मिडियाको सम्बन्ध जब जोडियो, रङ्ग बजारमा तरङ्ग पैदा गर्ने फरक शैली आयो ।

स्मिता जसलाई कुनै बेला बबी थापाका नामले चिनिन्थ्यो । नेपाली रङ्गमञ्चमा बोल्ड, हट र सेक्सी अवतारको तस्बिर प्रकाशित गर्न न हिचकिचाउने मोडल । उनको मासिक खर्च टन्नै छ तर अहिले रोजगारी छैन । एउटा फ्ल्याटमा बस्छिन्, दैनिक उनको ठूलो खर्च छ ।

एउटा अन्तरवार्ताका क्रममा केही बर्ष अघि उनको व्यापक चर्चा पनि भयो । उनले भनेकी थिइन्,‘मलाई लाग्ने होइन, लोग्ने मान्छे चाहिन्छ ।’ सेक्सका विषयमा खुलेर बोल्ने उनको त्यो अन्तरवार्ताले दिएको चर्चा एकातिर छ तर सामाजिक सञ्जालमा उनले ‘कोट’सहित राख्ने तस्बिरका चर्चा अर्कातिर छन् ।

लेखक पूर्वजर्नेल राजेन्द्र थापाको ‘खेलौना’ उपन्यासको कभर पात्र बनेकी स्मिता सेक्सका विषयमा खुला छिन् । पुरुषका विषयमा उनको धारणा प्रस्ट छ । उनले भनेकी छन्,‘पुरुष मेरा खेलौना हुन् ।’

उनले पत्रकारलाई दिएको उत्तरमा नै पुरुष आफ्ना खेलौना भएको बताएकी थिइन् । ‘मेरो शरीरले इच्छा गर्दा उनीहरुलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ’, उनले एउटा अन्तरवार्तामा भनेकी थिइन् ।

१६ वर्षको उमेरदेखि पुरुषसँग संगत गर्दै आएकी उनी कुनै बेला पत्रकारसँगको प्रेममा परेकी थिइन् । जब धोका पाइन् अनि पुरुषलाई खेलौना ठान्न थालिन् । कतिपय ड्रिम ब्वाई लाग्ने पुरुष अब उनलाई सामान्य जस्तो लागिरहेको छ ।

सेक्सबारे पनि खुलेर बोलेकी उनले शरिरको आवश्यकता पुरा गर्नका लागि यौन सम्बन्ध राखेको पनि बताइसकेकी छन् । उनले आफुलाई सम्पन्न परिवारकी युवती भएका कारण खर्च गर्नका लागि कुनै समस्या नरहेको बताइसकेकी छन् । यहि सन्दर्भमा उनले एउटा अन्तरवार्तामा भनेकी छन्,‘म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बीटेक गरेकी शिक्षित एवम् सक्षम युवती हुँ ।’

उनको चाहना नै नयाँ-नयाँ पुरुषसँग संगत गर्नेछ । कागजमै लेखेर नदिए पनि उनले भन्ने गरेकी छन् मेरो रुची नै नयाँ-नयाँ पुरुषसँग संगत गर्ने हो । डान्स क्लासमा भेटेका एक पुरुषसँग उनले १६ वर्षको उमेरमा नै ‘ओरल सेक्स’ गरेको बताइसकेकी थिइन् ।

स्मितालाई पाको पुरुष मनपर्छ । कारण, उनीहरू अनुभवी हुन्छन् । उठबस गर्दा शंका हुँदैन । त्यसकारण पनि सेफ साइडमा बसेर जीवन विताउनका लागि उनी पाको पुरुष नै रोज्ने गर्छिन् । सन्तानकै लागि बिहे आवश्यक नरहेको बताउने स्मिताले भनेकी थिइन्,‘सन्तानका लागि विवाह गर्नुपर्दैन । रु मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेण्डसम होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।’

 

 

साभार : दैनिक नेपाल

  • २१ असार २०७५, बिहीबार ०८:१७ प्रकाशित
  • Nabintech