१४ बैशाख २०८१, शुक्रबार
वागेश्वरी क्याम्पस संचालक समितिमा न्यौपाने
  • काँचुली खबर

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समिति अध्यक्षमा चर्चित युवा नेता नरेन्द्र न्यौपाने नियुक्त भएका छन । क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई गत मंगलबार अध्यक्ष पदकालागि सिफारिस गरेको थियो ।
उक्त सिफारिसका आधारमा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले न्यौपानेलाई बुधबार क्याम्पसको संचालक समिति अध्यक्ष पदमा नियुक्त गरेको हो ।
अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हुँदै राजनितिमा होमिएका न्यौपाने पछिल्लो समय गृहजिल्ला बाँकेमा सक्रिय राजनिति गर्दै आएका छन ।
उनै न्यौपानेलाई बुधबार आगमी असोज १ गतेसम्मकालागि क्याम्पस संचालक समितिको अध्यक्षमा निर्विरोध नियुक्त गरिएको हो ।

  • २० असार २०७५, बुधबार २३:२८ प्रकाशित
  • Nabintech