२१ जेष्ठ २०८०, आईतवार
डा. केसीले गरेको अभियान प्रति बाँकेमा पनि एक्येबद्धता
  • काँचुली खबर

बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

संविधानको धारा १७(२) द्धारा प्रदत मौलिक हकबाट बन्चित गर्ने गरि सरकारी पक्षबाट भईरहेको रबैयाको बिरोध गर्दै उनिहरुले नेपाली नागरिकहरुको प्रत्यक्ष सरोकारको विषयहरुलाई उठान गर्ने अभियान्तका रुपमा डा. केसीले गरेको गरेको कार्यप्रति ऐकेवद्धता समेत जनाइएको विज्ञप्तीमा उल्लेख छ ।
नागरिक अधिकारकर्मीहरुबाट गरिने अभियानको नेपाल सरकारबाट सम्मान गर्दै संविधानद्धारा प्रदत संवैधानिक हक, विधिको शासन र मानव अधिकार समेतको पूर्ण प्रत्याभुुति गराउन माग समेत गरिएको छ ।

डा. केसीलाई जुम्लामा स्थानीय प्रशासनबाट भएको अमानवीय ब्यवहारको भत्सर्ना गर्दै केसीको जीवन रक्षाकालागि समयमै उचित कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ । मंगलबार संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तीमा नेपाली जनताको स्वास्थ्य, शिक्षा, शान्तिपूर्ण धर्ना, प्रदर्शन, भेला र अभिब्यक्ति स्वतन्त्रता समेतको संविधान र कानुनद्धारा प्रदत्त हक अधिकारको संरक्षण गर्न समेत नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपालगन्ज उच्च अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता बल बहादुर चन्द, बाँके जिल्ला अदालत बार एशोसियनका अध्यक्ष अधिवक्ता मो. अयुुब सिद्धिकी, नेपाल मानव अधिकार संगठन बाँकेका अध्यक्ष अधिवक्ता प्रहलाद बहादुुर कार्की, भेरी अन्चल चिकित्सक संघका अध्यक्ष डा. विनोद कर्ण र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नेपाली जनताको स्वास्थ्य, शिक्षा, शान्तिपूर्ण रुपमा गर्न पाईने धर्ना, प्रदर्शन, भेला र अभिब्यक्ति स्वतन्त्रता समेतको संविधान र कानुनद्धारा प्रदत्त हक अधिकारको संरक्षण गर्न समेत नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।

  • १९ असार २०७५, मंगलवार २१:०६ प्रकाशित
  • Nabintech