६ बैशाख २०८१, बिहीबार
वर्षाले पुर्याएको क्षती बारे वडा कार्यालयले लागत संकलन गर्ने
  • काँचुली खबर

अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धान बालीमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

यसैबिच अविरल वर्षाले कोहलपुर नगरपालिका वडा नं. ३ मा करिव एक सय पचास बिगाहा भन्दा बढी खेतमा लगाईएको धानमा क्षती पुगेको अनुमान गरीएको छ । वर्षाले कृषकले लगाएको धानबाली नष्ट हुन थालेपछि वडा कार्यालयले त्यसको लागत संकलन गर्ने भएको छ । बुधबार वडाध्यक्ष माधव रिजाल सहितको टोलीले कृषकको खेतमा पुगेर पानीले पुर्याएको क्षतीको स्थलगत अवलोकन गरेका छन ।

डुबानले धान खेतमा पुर्याएको क्षतिबारे वडा कार्यालयले अनुगमन गर्ने र त्यसपछि तथ्याङ्क सङ्कलन गरेर उचित क्षतीपूर्तिकालागि ठोस निर्णय गर्ने वडा अध्यक्ष रिजाले जानकारी दिए ।

  • ३ कार्तिक २०७८, बुधबार १४:१० प्रकाशित
  • Nabintech