१४ बैशाख २०८१, शुक्रबार
वागेश्वरी क्याम्पस आंगिक हुने सम्भावना बढ्यो
  • काँचुली खबर

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने

 

मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गरिएको नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले बताए ।
यसै आर्थिक वर्षमा प्रक्रिया पुरा गरि १० वटा क्याम्पसलाई आंगिक बनाउने र त्यसकालागि विश्व विद्यालय अनुदान आयोगले बजेट समेत ब्यवस्थापन गर्ने प्रो. अधिकारीले बताए ।
कोहलपुरमा रहेको यस क्षेत्रकै पुरानो वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस पनि मध्यपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस हुने प्रो. अधिकारीसँगको भेटमा छलफल भएको नेता न्यौपानेले जानकारी दिए ।

  • १९ असार २०७५, मंगलवार २०:०९ प्रकाशित
  • Nabintech