२१ बैशाख २०८१, शुक्रबार
राखेप सदस्य सचिव सिलवाल बर्खास्त
  • काँचुली खबर

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले काँचुली खबरलाई जानकारी दिए ।

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले राखेप सदस्य सचिव सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो । सरकारले सदस्य सचिव सिलवाललाई यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

  • १ कार्तिक २०७८, सोमबार १८:४४ प्रकाशित
  • Nabintech