७ बैशाख २०८१, शुक्रबार
राप्तीपारीका पिडितहरुको घाउमा मल्हम लगाउँदै नमुना
  • काँचुली खबर

प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेका घाइते र मृतकका परिवारसँग भेट गरेकी छन् । गत असार १६ गते बिहान करिब ३ बजेतिर लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर २ जनाको मृत्यू भएको थियो भने आधा दर्जन घाइते भएका थिए ।

मृतकका परिवार तथा घाइतेलाई भेट्न प्रदेश सभा सदस्य नमुना मंगलबार लक्ष्मीपुर गाउँमा पुगेकी थिइन् । मृतक सुरेश चौधरी र टीकाराम चौधरीको घरमा पुगेर सांसद नमुनाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिएकी थिइन् । मृतक परिवार, घाइते र स्थानीयबासीहरुलाई भेटिसकेपछि प्रदेश सांसद नमुनाले दुखद घटना भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सहज हुनुपर्ने बताइन् ।

उनले घाइते र मृतकलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने तथा प्रदेश र संघिय सरकारलाई दबाब दिने बताइन् । सांसद नमुनाको साथमा नेकपाका युवा नेता सुर्य प्रकाश घर्ती, विद्यार्थी नेताहरु नवराज योगि, दिपेन्द्र धिताल लगायत समेतको सहभागिता रहेको थियो ।

  • १९ असार २०७५, मंगलवार १८:०६ प्रकाशित
  • Nabintech