सुस्ताबासीको आँट, भत्काइदिए भारतीय बाँध !
  • काँचुली खबर

खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् । सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करिब २ सय बिघा धान खेत डुबानमा परेको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानको विषयमा भारतीय पक्षसँग छलफल सुरु गरिएको जानकारी दिए ।

  • १९ असार २०७५, मंगलवार १६:३५ प्रकाशित
  • Nabintech