१६ चैत्र २०८०, शुक्रबार
बाँकेका बिक्रमलाई अन्तर्राष्ट्रिय पुरस्कार
  • काँचुली खबर

बाँकेका चित्रकार तथा कलाकार बिक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका छन् ।

लामो समय देखि कलाकारीतालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । १६० प्रतियोगिलाई उछिन्दै शिशिरले उक्त पुरस्कार हासिल गरेका हुन् । पुरस्कारले आफुमा थप जिम्मेवारी र हौसला बढेको शिशिरले बताए ।

कलाकारका लागि कलाकार अन्तर्राष्ट्रिय खुल्ला अनलाईन चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा बिभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरूका आधारमा शिशिर पुरस्कृत भएका हुन् । नगेन न्यूज पब्लिकेसनले आयोजना गरेको उक्त प्रतियोगिता तथा प्रदर्शनी गत भदौ १२ गतेबाट सुरु भएको थियो ।

अन्तराष्ट्रिय चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा १५ देशका १६० प्रतियोगी २ जना अन्य कलाकार र ५ जना निर्णायक सहित १६७ कलाकारहरुको बिभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरू समावेश छन् ।

प्रतियोगिहरु मध्य नेपालका शिशिरसहित बिभिन्न देशका १२ जना कलाकार पुरस्कृत भएका छन ।

  • २३ आश्विन २०७८, शनिबार ०७:५४ प्रकाशित
  • Nabintech