१४ बैशाख २०८१, शुक्रबार
तिजको नयाँ कोसेली ल्याउँदै गायक गुरुङ
  • काँचुली खबर

पछिल्लो समयमा मिठा र मन छुने गित संगित बजारमा प्रस्तुत गर्दै आएका गायक र सर्जक तथा संगितकार अर्जुन गुरुङले नयाँ तिज गित ल्याउने भएका छन । महिलाहरुको ठुलो पर्व तिजलाई मध्यनजर गर्दै गुरुङले मौलिक खालको ‘जाम संगी माइतिमा सररर’ बोलको गित बजारमा ल्याउने तयारी गरिरहेका छन ।
गित संगितलाई नै आफ्नो प्रमुख पेशाका रुपमा अंगालेका गुरुङले आफुजस्तै अन्य कलाकारको हितको लागि Arjundristi group of entertainment नामक म्युजीक कम्पनी समेत दर्ता गराएका छन । उक्त कम्पनीमार्फत पहिलो मौलिक तिज गित ‘जाम संगि माइतिमा सररर’ बजारमा ल्याउन लागिएको कम्पनीका संचालक समेत रहेका गायक गुरुङले बताए ।

ओखलढुंगा जिल्ला चिसंखुगढि-७ ओख्रेनिमा आमा पेसल कुमारी गुरुङ र बुवा गोविन्द बहादुर गुरुङको पहिलो सन्तानको रुपमा जन्मीएका गुरुङ सानै देखि गित संगितमा रुचि भएको बताउँछन । रोधिघर, विभिन्न चाडपर्व जाग्राम, देउसि भैलोमा नाच्ने गाउने गर्दागर्दै स्थानिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार गुरुङ आप्mनो सम्पूर्ण जिवन गित संगितमै समर्पित गरेको बताउँछन ।
Arjundristi group of entertainment को ब्यानरमा अर्जुन गुरुङको लय र शब्दमा बजारमा आउन लागेको तिज गितमा नव गायिक अन्जु गुरुङ ‘सबि’ र चर्चित लोक तथा देहोरी गायिका संगिता मगर प्रितिले आवाज दिएका छन भने संगित संयोजन गायक तथा सर्जक तिलक वलिको रहेको छ । मालश्रि रेकर्डिंग स्टुडियोमा रेकर्डीङ गरिएको उक्त गितको म्यूजिक भिडियो समेत छायाङ्कनको क्रममा रहेको Arjundristi group of entertainment का संचालक गुरुङले बताए ।

  • १९ असार २०७५, मंगलवार १६:१३ प्रकाशित
  • Nabintech