५ जेष्ठ २०८१, शनिबार
अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण
  • काँचुली खबर

जर्मनीमा भएको ‘चेम्निज ओपन कराते च्याम्पियनसिप’मा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए ।

मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन् । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का दोहोरो स्वर्ण विजेता पनि हुन् ।

सागकै काँस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि काँस्य तथा ३० वर्षमाथि स्वर्ण जिते । त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कांस्य तथा आफ्नो उमेरसमूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जनाएका छन् ।

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो ।

  • १७ आश्विन २०७८, आईतवार १७:४५ प्रकाशित
  • Nabintech