२५ बैशाख २०८१, मंगलवार
स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार प्रतिष्ठानले तुलसीराम स्मृति पुरस्कार-२०७७ बाट वरिष्ठ गजलकार अब्दुल लतिफ शौकलाई सम्मान गरेको छ । सो अवसरमा दुई वटा कृति बिमोचन समेत गरिएको छ । बद्री ढकाल हिरामणिको “ठ्यौको” हाइकु संग्रह र छविलाल खड्काको बिरौटो साइनो संग्रहको बिमोचन गरिएको छ ।

कार्यक्रममा दुई जना कविले कविता बाचन गरेका थिए । धादिङकी सुनिता खनाल र बाँकेका विपि अस्तुले आफ्नो कविता बाचन गरेका थिए । उनीहरुले कविता मार्फत नेपाली समाजको वर्तमान अवस्था, सामाजिक विकृत लगायतका विषयहरु उठान गरेका थिए ।


 

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरि तिमिल्सेनाले नेपाली साहित्यका विकासका लागि राज्यले ठोस नीति लिन नसकेको बताएका छन् । साथै उनले नेपाली समाजको परितर्वन, राजनैतिक परिवर्तनका लागि साहित्यले महत्वपूर्ण भूमिका खेलेको बताउँदै साहित्यलाई राज्यले उचित स्थान दिन नसकेको बताए ।

लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य पार्वती पुन ‘उषा’ले नेपाली साहित्यलाई थप बलियो र सशक्त बनाउनका लागि राज्यले साहित्यमा लगानीमैत्री वातावरणको नीति लिन आवश्यकको रहेकोमा जोड दिँदै पूर्णिमा साहित्य प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जानएकी छिन् ।

पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कपिल अन्जानले कोहलपुर क्षेत्रको साहित्य विकासको लागि विगतदेखि निरन्तर रुपमा प्रतिष्ठानले काम गरिरहेको बताए ।

  • १६ आश्विन २०७८, शनिबार १८:४५ प्रकाशित
  • Nabintech