५ जेष्ठ २०८१, शनिबार
शुक्रबारदेखी कोहलपुरमा राष्ट्रियस्तरको गोजुरीयो प्रतियोगिता हुँदै
  • काँचुली खबर

बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते दो संघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखी (असोज १५ र १६ गते) ‘प्रथम बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता ‘ संचालन गरीने भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ३ स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजामा आयोजना गर्न लागिएको प्रतियोगितामा देशभरबाट ४ सय खेलाडी उपस्थित गराउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते दो महासंघ, लुम्बिनी प्रदेश समिति प्रमुख रमेश कुमार डाँगीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत काँता र कुबिन्ते तर्फ विभिन्न विधामा क्याडेट, जुनियर र सिनियर खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुमध्येबाट छनौटमा परेका खेलाडीहरुले सन २०२२ मा आयोजना हुने साउथ ओपनिङ गोजुरीयो च्याम्पियनशिपमा भाग लिने अबसर पाउने आयोजकले जनाएको छ ।

९ लाख बढि लागत अनुमान गरीएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको संयोजक डाँगीले जानकारी दिए ।

शुक्रबार बिहान ८ बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय गोजुरीयो कराँते दो संघका केन्द्रिय अध्यक्ष गणेश कार्कीले गर्ने कार्यक्रम तय भएको राष्ट्रिय गोजुरीयो कराँते दो संघका केन्द्रिय महासचिव प्रकाश चन्दले जानकारी दिए । चन्दका अनुसार प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी तथा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत उल्लेख्य सहभागीता रहने छ ।

  • १४ आश्विन २०७८, बिहीबार १९:०५ प्रकाशित
  • Nabintech