४ जेष्ठ २०८१, शुक्रबार
प्याडको भाउ घटाउ सरकार !
  • काँचुली खबर

महिनावारी जो वर्षमा लगभग ५० दिनको हुन्छ, यसमा कसैलाई ७०/८० दिन होला । त्यो शारीरिक बनावट अनि मान्छे अनुसार फरक पर्न जान्छ । एकदिनमा ४ देखि ५ ओटासम्म प्याड चाहिन्छ । प्याड अलिक सस्तो सानो वाला लियो भने लिकेज हुने डर । त्यही त हो नेपाली समाज ! केटीको कपडामा रगत देखियो भने मुख छोपेर हाँस्छन । राम्रो प्याड किन्नै पर्यो । एउटा प्याकेटमा ८/१० ओटा प्याड हुन्छ जुन त्यस्तै २ दिनसम्म पुग्ला । अझ कुनै केटीहरुलाई एलर्जी हुने हुन्छ । कसैलाई ओभरब्लिडिङ हुने, र्यासेस आउने हुन्छ । जसले गर्दा छिटो छिटो प्याड बदल्नुपर्ने हुन्छ । लगभग महिनामा प्याडमा मात्र सामान्यतया एउटा केटीको ४०० देखि धेरै माथि खर्च हुने देखिन्छ । कतिजनाले भन्लान होटलमा गएर मंहगो खाजा खान केही भएन, एउटा प्याड किन गाह्रो भयो तिमीलाई ? हो हामीले होटलमा गएर खाजा खान्छौं होला । कपडा किन्न मलहरु जान्छौ होला तर कमजोर आर्थिक अवस्था भएकाहरुलाई यो सब ब्यवस्थापन गर्न गाह्रो हुन्छ नि हैन र ?

गाउँमा बस्नेहरुको मात्र आर्थिक अवस्था कमजोर हुन्छ भन्ने हुँदैन काठमाडौंमा कोठा लिएर बसेको एउटा केटी जो आफैँ कमाउँदै पढ्दै गर्छ उसलाई १/१ पैसाको महत्व हुन्छ । कोठा भाडा, खाना खर्च, क्याम्पसको खर्च उसले कसरी ब्यवस्थापन गर्ला । त्यसमाथी प्याडकालागि हरेक महिना ४००/५०० ।

बरु कण्डमको पैसा लगाउ, प्याडको नलगाउ भन्ने कुराहरु पनि गुञ्जिए । एउटा सुविधाको लागि यत्रो पहल गर्दा गर्दै अर्को सुविधा हटाउने किन ? कण्डम पनि बिना महत्वको साधन त हैन । त्यसले पनि त निकै धेरै रोगहरु लाग्नबाट जोगाउँछ । अनि कपडाको टालो प्रयोग गरे भैगो नि भन्नेहरुलाई मेरो जवाफ, ‘पाठेघर सम्बन्धी रोग लागेर कति महिलाहरूले अकालमै मृत्यु अंगाल्न पर्छन् ? नेपालमा गरिबी पनि एकदम छ, जसलाई खानको जुगाड गर्न धौ-धौ पर्छ उसले कसरी प्रयोग गर्ला प्याड ? त्यहीमाथि महिनावारीको बेलाको दुखाइ छुट्टै छ । कतिजना त विना औषधि बस्न सक्दैनन् । बाटोमै बिहोस हुने, शरीरमा रगतको कमी हुने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, यस्ता थुप्रै असरहरू छन् । यो सब त कम गर्न सकिन्न तर जे गर्न सकिन्छ त्यो गरियोस् । यो सानो विषयवस्तु होइन ।’

सरकारप्रति मेरो गम्भीर ध्यानाकर्षण, सकिन्छ हरेक स्कुल, कलेजमा प्याड नि:शुल्क गरीयोस तर प्याडको भाउ बढाएर नेपाली नारीलाई झन गारो पार्ने काम नगरियोस ।

#प्याड मंहगो भयो सरकार ।
#प्याडको भाउ घटाउ सरकार ।
#प्याड इच्छा होइन आवश्यक्ता हो ।

https://kanchulikhabar.com/news/42556?fbclid=IwAR18KhvI-zpFVpUbMJjh8XkluB4-afxr1BLsXrs5YbIpMp7v6YKBjkUcHKM

  • ५ आश्विन २०७८, मंगलवार १२:५७ प्रकाशित
  • Nabintech