३१ बैशाख २०८१, सोमबार
मुख्यमन्त्री आचार्यद्धारा ५ नयाँ मन्त्री नियुक्त
  • काँचुली खबर

एक नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाएका छन् ।

सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

सरकारमा ३ राज्यमन्त्री समेत नियुक्त गरिएको छ । जसमा लिलाबल्लभ अधिकारी आन्तरिक मामिला राज्यमन्त्री, उत्तम बस्नेत उद्योग, वन, पर्यटन राज्यमन्त्री र ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् ।

  • ३० भाद्र २०७८, बुधबार १८:२१ प्रकाशित
  • Nabintech