५ जेष्ठ २०८१, शनिबार
मालिंगाले गरे क्रिकेटबाट सन्यासको घोषणा
  • काँचुली खबर

श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकपको उपाधि जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ ओडीआई र ८४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

मालिंगाले अन्तिम पटक श्रीलंकाका लागि वेस्ट इन्डिजविरुद्ध सन् २०२० मार्चमा टी-२० खेलेका थिए । उनले २०१९ मा ओडीआईबाट सन्यास लिएका थिए ।

श्रीलंकाका लागि उनले टेस्टमा १०१, ओडीआईमा ३३८ र टी-२० मा १०७ विकेट लिएका छन् । मालिंगा टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

  • २९ भाद्र २०७८, मंगलवार २०:४५ प्रकाशित
  • Nabintech