१६ चैत्र २०८०, शुक्रबार
स्वास्थ्यकर्मीहरुलाई महामारी नियन्त्रण सम्बन्धि एक दिने प्रशिक्षण
  • काँचुली खबर

कोहलपुरका नीजि मेडिकल, अस्पताल र स्वास्थ्य केन्द्रलाई महामारी तथा प्रकोप नियन्त्रणकाका बारेमा जानकारी दिने उदेश्यले दिने तालिम संचालन गरिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा संचालित तालिममा प्रकोपजन्य रोगहरुको पहिचान, रोकथाम र उपचार गर्दा ध्यान दिनुपर्ने विषयहरु सिकाईएको जिल्ला जनस्वास्थ्यका जनस्वास्थ्य अधिकृत राम बहादुर चन्दले बताए ।
यसअघि बाके जिल्लामा रहेका ४७ वटा स्वास्थ्य चौकी, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ७ स्वास्थ्य केन्द्र र २ वटा स्वास्थ्य केन्द्रमा तालिम सम्पन्न गरिसकेको र दोस्रो चरणमा कोहलपुर नगरपालिका र नेपालगंज उपमहानगरपालिका भित्रका नीजि मेडिकल र अस्पतालहरुलाई केन्द्रित गरि तालिम संचालन गरिएको जन स्वास्थ्य बाँकेका निमित्त प्रमुख प्रेम बहादुर के.सी.ले जानकारी दिए ।
प्रकोप र सावधानीका दृष्टिले जोखिमयुक्त राप्ती सोनारी, नरैनापुर, वैजनाथको वनकटवा र नौवस्ता लगायतका लगायतका क्षेत्रहरुमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रकोट नियन्त्रणमा सक्षम बनाउन तालिम आयोजना गरिएको के.सी. ले बताए ।
तालिममा सहभागी डा. अरुण खनालले कालाजार, डेंगो, मलेरिया, कलेरा, सारी जस्ता रोगहरुको पहिचान र परिक्षण गरी त्यसको निराकरणका लागि आवश्यक उपचार बिधिका बारेमा प्रशिक्षण दिएका थिए भने डा. सन्तोष श्रीपाइलीले स्वासप्रश्वास समस्याको अवधि, ज्वरो आएको समय खोकी लाग्ने, घाँटी दुख्ने जस्ता समस्यामा गर्नुपर्ने अनिवार्य ल्याब परिक्षणका बारेमा जानकारी दिएका थिए ।
बाकेमा संचालित मेडिकल कलेजमा १४ सय र भेरि अंचल अस्पतालमा १ सय ५० बेड मात्र उपलब्ध रहेकाले औषधी, उपचार र परिक्षण मात्र नभएर रोगको प्रकारका बारेमा समेत आपसी समन्वय हुनुपर्नेमा तालिममा सहभागी जेवि मेडिकलका मान बहादुर नेपालीले बताए । तालिममा कोहलपुरका मेडिकल हल, पोलिक्लिनिक र अस्पतालका गरेर ५० जनाको सहभागिता थियो ।

  • १६ असार २०७५, शनिबार २०:५६ प्रकाशित
  • Nabintech