१४ बैशाख २०८१, शुक्रबार
जडिबुटि सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न
  • काँचुली खबर

नगरवासीहरुलाई जडिबुटी सम्बन्धि जानकारी दिने उद्धेश्यले जडिबुटी सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका २५ बढि स्थानियहरुलाई जडिबुटी र त्यसको महत्वको बारेमा जानकारी गराईएको कोहलपुर आयूर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले आयुर्वेद चिकित्सा प्रणालीको बारेमा जानकारी नहुँदा अझैपनी धेरै स्थानियहरुले झन्जटीलो तथा महँगो उपचार बिधि अपनाईरहेको भन्दै नगरभित्रका सबै स्थानियहरुलाई आयुर्वेद चिकित्सा प्रणाली र जडिबुटीको बारेमा जानकारी दिन आवश्यक रहेको बताएका थिए । उनले आयुर्वेद औषधालय कोहलपुरले प्रदान गर्दै आईरहेको सेवा, सुविधाको बारेमा समेत जानकारी दिएका थिए ।


आयुर्वेद औषधालय कोहलपुरका वरिष्ठ डा. बि.पि. रेग्मीले स्थानिय स्तरमा पाईने जडिबुटीहरुको प्रयोगबाट धेरै स्वास्थ्य समस्या समाधान गर्न सकिने बताउदै जडिबुटिको पहिचान र संकलनका बिधिहरुको बारेमा जानकारी दिएका थिए ।
कोहलपुर नगरपालिका–११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न वडाका २५ बढि स्थानियहरुले सहभागीता जनाएका थिए ।

  • १६ असार २०७५, शनिबार १६:४० प्रकाशित
  • Nabintech