२२ बैशाख २०८१, शनिबार
मेस्सीको ‘१० नम्बर’ जर्सी आन्सु फातीले लगाउने
  • काँचुली खबर

लियोनल मेस्सीले लगाएको बार्सिलोनाको १० नम्बर जर्सी अब आन्सुफाती लगाउने भएका छन् । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन पेरिस सेन्ट जर्माइन गएका थिए ।

त्यससँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो । बार्सिलोनाले यो जर्सी प्रयोगमै ल्याउदैंन भन्ने अनुमान पनि थियो । तर, यो जर्सी आन्सु फातीलाई दिने निर्णय बार्सिलोनाले गरेको छ ।

धेरै आन्सु फाती पनि मेस्सीजस्तै सफल हुने अनुमान समेत लगाएका छन् । १८ वर्षको उमेरमै यी खेलाडीले बार्सिलोनामा धेरैलाई चकित पारिसकेका छन् । उनले सन् २०१९ यता बार्साको सिनियर टोलीबाट ३१ खेल खेलेका छन् । त्यसक्रममा ११ गोल गरिसकेका छन् ।

  • १६ भाद्र २०७८, बुधबार १८:०४ प्रकाशित
  • Nabintech