जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ ।
समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पटक पटक अनुगमन गरेर तोकिएको मापदण्ड पुरा गरेका १० वटालाई ग श्रेणीको र १ लाई ख श्रेणीको अनुमति दिएको जानकारी दिए । समितिले एम्बुलेन्स सञ्चालन निर्देशिका २०७४ अनुसार मापदण्ड पुगे नपुगेको अनुगमन गरेको थियो ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मध्ये केही ठेक्कामा सञ्चालन गरेको, प्राईभेट टेक्सी झै अस्पताल बाहिर कुरेर बस्ने गरेको जस्ता जनगुनासो आई रहेको बेलामा समितिले कडाई गर्दै अनुगमन गरी मापदण्ड भएका मात्र सञ्चालन गर्न पाउने भएका हुन ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड पुरा नगरेको र गुणस्तरीए नभएको गुनासो आई रहेको बेलामा समितिले अनुगमन गरी मापदण्ड पुरा भएकालाई सञ्चालनको अनुमति दिएको हो । बाँकेमा विभिन्न संस्थाहरुले सञ्चालन गरेका ३९ वटा एम्बुलेन्स र ३ वटा शव वाहन सञ्चालनमा रहेको सबैलाई तोकिएको मापदण्ड पुरा गरेरमात्र सञ्चालनको लागि निर्देशन दिईएको जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

उनले समितिले एम्बुलेन्स सञ्चालनको लागि स्वीकृती लिएर एम्बुलेस राखेका संस्थाहरुले समेत एम्बुलेन्स भाडामा लगाउने गरेको, अस्पताल वा मेडिकल कलेजबाहिर बस्नेहरुलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी गरि रहेको जानकारी दिए ।
उनले बाहिर जिल्लामा सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएका एम्बुलेन्सहरुले विरामी बोक्ने भन्दा अन्य सामान र पेसेन्जर बोक्ने गरेको पाईएकोले त्यस्तालाई सचेत पार्दै जाँहा सञ्चालनको लागि स्वीकृती लिएको हो त्यही सेवा दिनको लागि पहिलो पटक आग्रह गरिएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

स्रोत : सदरलाईन
१६ असार २०७५, शनिबार १०:०० प्रकाशित