२२ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिका-११ शान्तिनगरमा बसोबास गर्दै आएका अव्यवस्थित भूमिहीन तथा सुकुम्बासीहरू बस्ती खाली गराउन जारी गरिएको अल्टिमेटमको विरोधमा आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले वैशाख २५ गतेसम्म बस्ती खाली गर्न १० दिने समयसीमा तोकेपछि स्थानीय बासिन्दाले असन्तुष्टि जनाउँदै विरोध सुरु गरेका हुन्।
बस्ती संरक्षण समितिका संयोजक जीवन थापाका अनुसार पहिलो चरणमा मंगलबार शान्तिपूर्ण विरोध र्याली आयोजना गरिएको थियो । कोहलपुर चौराहाबाट सुरु भएको र्याली नगरपरिक्रमा गर्दै पुनः चौराहामै पुगेर कोणसभामा परिणत भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विरोध कार्यक्रममा बोल्दै संयोजक थापाले नगरपालिकाको निर्णय फिर्ता नभएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिए । उनले दीर्घकालदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूको व्यवस्थापन नगरी एकाएक बस्ती खाली गराउन खोजिएकोप्रति आपत्ति जनाए ।
स्थानीय बासिन्दाले वैकल्पिक व्यवस्था नगरी विस्थापन गर्न खोजिएको भन्दै नगरपालिकासँग वार्ता र समाधानको माग गरेका छन् । उनीहरूले आफूहरूको बसोबास अधिकार सुरक्षित गर्नुपर्ने र उचित पुनर्वासको व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।
२२ बैशाख २०८३, मंगलवार २०:२५ प्रकाशित