२४ बैशाख २०८१, सोमबार
विविध कार्यक्रम गरी ज्ञानोदयले मनायो ‘१४औं राष्ट्रिय पुस्तकालय दिवश’
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विविध कार्यक्रम गरेर राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवसरमा मंगलबार ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवं सम्मान कार्यक्रम आयोजना गरीएको हो ।

राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा यस वर्षको स्व. हरी प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मानबाट समाजसेवी तथा शिक्षा प्रेमी भानुभक्त भट्टराई सम्मानित भएका छन् । पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेलले आफ्नो बुवाको स्मृतीमा स्थापना गरेको अक्षय कोषबाट समाजसेवी भट्टराईले यस क्षेत्रको शिक्षा र समाजसेवा क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिएका छन् । यस्तै पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्याएका पुस्तकालयका निवर्तमान अध्यक्ष लिल बहादुर राना पनि सम्मानित भएका छन् । पुस्तकालयको विकासमा अतुलनीय भूमिका निर्वाह गरेकाले संस्थाको पूर्व अध्यक्षको रुपमा सम्मानित गरिएको पुस्तकालयले जनाएको छ ।

यस्तै हरेक वर्षझै यस वर्ष पनि पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्याउन पुस्तकालयलाई पुस्तक दान गरि सहयोग गरेकाले संस्थाद्धारा उत्कृष्ठ पुस्तक दाताका रुपमा समाजसेवी भारती खनाल सम्मानित भएकी छिन् । भारतीको संस्था प्रजातन्त्र र विकासमार्फत उनले १ सय ५० बढि पुस्तक हस्तान्तरण गरेकी थिइन् । यस्तै नियमित पाठकको रुपमा तुल्सी प्रसाद उपाध्याय समेत सम्मानित भएका छन् ।

त्यसैगरी दिवसको अवशरमा पुस्तकालयले आयोजना गरेको प्राचिन पुस्तक संकलन तथा प्रदर्शनी प्रतियोगिता प्रथम रामचन्द्र पौडेल र द्धितिय बुद्विसागर सापकोटा नगद र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । प्रतियोगितामा प्रथम हुन सफल पुस्तक शिखरनाथ भुषालद्धारा लिखित शिखरनाथ भाष्य र द्धितिय हुन सफल उपदेश चन्द्रकलायाद्धारा लिखित भुनन्दनन्देवदु प्राचिन पुस्तक छनौट भएका थिए । प्रथमले रु. ५ हजार र द्वितियले नगद ३ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका हुन् । सबैभन्दा पुराना मितिमा प्रकाशन भएका ऐतिहासिक पुस्तकहरु सहयोग गर्ने दाताहरुकाबीचमा प्रतिस्पर्धा गराइएको थियो ।

यस्तै फोटो प्रतियोगितामा प्रथम रमेश अधिकारी, द्धितिय [email protected] र तृतिय सरोज राज शाहीलाई घोषणा गरिएको छ । प्रतियोगितामा यस क्षेत्रका २० फोटो ग्राफरहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुने प्रतियोगिहरुले क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका छन् ।

कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा संचालन गरीएको कार्यक्रममा नेपाल राष्ट्रिय सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष तथा पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेल, कोहलपुर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्याल कोहलपुर नगरपालिका वडा नं. १० र ११ का वडाध्यक्ष निरज चलाउने, कर्ण बहादुर थापा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, इलाका प्रहरी कार्यालय प्रतिनिधी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । पुस्तकालयको अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पुस्तकालयका सहसचिव निर्मल आचार्यलेगरेका थिए ।

  • १५ भाद्र २०७८, मंगलवार १६:४९ प्रकाशित
  • Nabintech