१ जेष्ठ २०८१, मंगलवार
एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक एकीकृत समाजवादीमा
  • काँचुली खबर

नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् ।

माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने विकले घोषणा गरेकी हुन् । विक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् ।

विक एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद् हुन् । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी विकले विगतमा रावलकै कारण नेपाललाई साथ दिँदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन् ।

विकसँगै अहिलेसम्म आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउद एकीकृत समाजवादीमा खुलेका छन् ।

  • १२ भाद्र २०७८, शनिबार ११:३६ प्रकाशित
  • Nabintech