३१ बैशाख २०८१, सोमबार
प्रदेश १ : मुख्यमन्त्रीका रुपमा आचार्यले शपथ लिए
  • काँचुली खबर

प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्यले शपथ लिने भएका छन् ।

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन् ।

आचार्यलाई वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको थियो । उनले आजै कम्तीमा २ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न सक्नेछन् ।

आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

  • १० भाद्र २०७८, बिहीबार १२:५१ प्रकाशित
  • Nabintech