१६ चैत्र २०८०, शुक्रबार
नेपाल तरुण दल कोहलपुर नगर कमिटीको सभापतिमा हरि कठायत
  • काँचुली खबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रभावकारी भुमिका निर्वाह गर्न नसकी रहेको अवस्थामा पछिल्लो समय सोही माउ पार्टीको भातृ संगठनहरुले सडकमा प्रतिपक्षीको भूमिकामा जोडदार ढंगले सरकारका विभिन्न कदमको बिरोध गरिरहेको अवस्था छ । तिनै संगठन मध्यको एक नेपाल तरुण दल बाँकेले लामो समयको अथक प्रयास पछी नेपाल तरुण दल कोहलपुर नगर कमिटीको नेतृत्व टुंगाएको छ ।

पछिल्लो समय कोहलपुरका युवाहरूलाई संगठित गरेर युवाहरूको ढुकढुकी बन्न सफल हरि कठायत अन्तत तरुण दल कोहलपुर नगर कमिटीको सभापतिमा निर्विरोध चयन भएका छन् । नेपाल तरुण दल बाँकेका अनुसार ३३ सदस्यीय नगर कमिटीको शुक्रबार मात्रै जिल्ला पार्टीले टुंगो लगाएको छ । त्यस्तै तरुण नगर वरिष्ठ उपाध्यक्षमा गौरव रावल र सचिवमा एकराज शर्मा पनि चयन भएका छन् ।

विशेष गरि विपक्षिहरु माझ हाबी बनी कार्यकर्तामा लोकप्रिय हुने हरि कठायतको विशेषता हो । उनि करिब एक दसकबाट नेपाल तरुण दलमा रहि नेपाली कांग्रेसको हरेक कार्यक्रम तथा क्रियाकलापहरुमा आफ्नो नेतृत्वदाइयि भुमिका निर्वाह गर्दै आएका छन ।

हरि कठायत नेपाल तरुण दल कोहलपुर नगर कमिटीको सभापति भएसंगै तल्लो स्तरका कार्यकर्ता देखि पार्टीका नेताहरुले कोहलपुरमा पार्टी र संगठन बिस्तारमा उल्लेखनिय परिवर्तन आउने विस्वास राखेका छन् ।

  • १५ असार २०७५, शुक्रबार २३:२९ प्रकाशित
  • Nabintech