५ जेष्ठ २०८१, शनिबार
मुख्यमन्त्री बन्नलागेका आचार्यका भाइ मृत भेटिए
  • काँचुली खबर

नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका-३ स्थित घरमा मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेको बताए । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।

मृतक आचार्यका दाई भीम आचार्य बिहिबार एमाले संसदीय दलको नेतामा चयन भएका थिए । उनि आज प्रदेश नं. १ को मुख्यमन्त्री बन्दैछन ।

  • १० भाद्र २०७८, बिहीबार ११:५८ प्रकाशित
  • Nabintech