८ बैशाख २०८१, शनिबार
घुस सहित ईन्जिनियर खाँ अख्तियारद्धारा पक्राउ
  • काँचुली खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद घुस लिईरहेको अवस्थामा मजिद खाँलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
ईन्जिनीयर खाँले बैजनाथ गाँउपालिका वडा नं. ८ स्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको प्रतिवेदन तयार गर्ने प्रयोजनकालागी सेवाग्राहीस“ग घुस रकम माग गरेको सूचनाका आधारमा अख्तीयार अनुसन्धान आयोग कोहलपुरले खाँलाई घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको अख्तियार कोहलपुर शाखाका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

  • १५ असार २०७५, शुक्रबार १९:३३ प्रकाशित
  • Nabintech