१२ बैशाख २०८१, बुधबार
खजुराको कृषि हाट बजारमा आगलागी
  • काँचुली खबर

बाँकेको खजुरामा रहेको कृषि हाट बजारमा अज्ञात समुहले आगो लगाइदिएको छ ।

गएराति हाट बजारको कार्यालय कोठामा प्रवेस गरि आगो लगाइदिएको वागेश्वरी बहुउद्धेशिय कृषि बजार सहकारी सस्थाका अध्यक्ष कमला न्यौपानेले जानकारी दिईन । सहकारीको भवनको ताला फोडेर अज्ञात व्यक्तीहरुले २ वटा कम्पुटर, टेवल, फर्निसिङ्गका सामान, सिचाई मोटर, दराज र कार्यालयका कागजपत्रहरु जलाएर भागेको सहकारीका अध्यक्ष न्यौपानेले बताईन ।

राति आगलागी भएपनि मंगलबार बिहान कार्यालय खोल्ने समयमा मात्र थाहा भएको सहकारीले जनाएको छ । महिलाहरुले सन्चालनमा ल्याएको उक्त सहकारीमा सुनयोजित ढ्गले तोडफोड गरि आगो लगाउएको हुन सक्ने अनुमान गरीएको छ ।

इलाका प्रहरी कार्यालय धनौली खजुराले घटनाको छानविन सुरु गरिएको जनाएको छ । किसान आवाजबाट

  • १ भाद्र २०७८, मंगलवार १४:३७ प्रकाशित
  • Nabintech