१६ चैत्र २०८०, शुक्रबार
५, ६ र ७ प्रदेशका प्रहरी र सरकारी वकीलको सम्मेलन कोहलपुरमा
  • काँचुली खबर

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलहरुको प्रादेशिक सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।

महानिरिक्षक खनालले नागरिकप्रति उत्तरदायी भएर इमान्दारिता र निष्ठापूर्वक काम गर्नुको विकल्प नरहेको बताउदै भने, ‘अनुसन्धान कर्ताको गलत अनुसन्धानका कारण कुनै व्यक्ति समाजबाट तिरस्कृत हुन सक्ने भएकाले अभियोजनकर्ता प्रहरी अधिकारी र सरकारी वकिलबीच गतिशील सम्बन्ध कायम हुन जरुरी छ ।’ अनुसन्धानकर्ताको गलत अनुसन्धानका कारण कुनै ब्याक्ति समाजबाट तिरस्कृत हुन सक्ने बताउँदै उनले बिधीको शासन कायम गरि कसैको पनि सामाजीक म¥यादामा आच नआउने गरि अनुसन्धानको दायरालाई बढाउनुपर्ने बताए । २१ औं सताब्दिमा पनी अब पुरानै पाराले अनुसन्धान प्रकृया पुरा हुन नसक्ने उल्लेख गरे । उहाँले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिल विच गतिशील सम्बन्ध कायम हुन जरुरी रहेको बताएका थिए ।

उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले बदलिँदो समय परिस्थिति अनुसार प्रहरीले गर्ने अनुसन्धानको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव दिए ।  एउटा गोलीले २ सिकार गर्न सक्नुपर्ने बताउँदै बस्न्यातले दण्डहिनताको अन्त्य गर्नका लागी सबै लाग्नुपर्ने मा जोड दिएका थिए ।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले अनुसन्धानको क्रममा भित्रबाट बाहिर हेर्ने प्रवृत्ति भएको बताउँदै दण्डहिनताको अन्त्य गर्नका लागि सुक्ष्म अनुसन्धान आवश्यक भएकोमा जोड दिए ।

  • १५ असार २०७५, शुक्रबार १८:१९ प्रकाशित
  • Nabintech