कोहलपुर नगरपालिका वडा नं. १० ले वडागत रुपमा सम्पन्न भएका योजनाहरुको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलबार वडाको वार्षिक समिक्षा वैठकमार्फत वडाले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न योजनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । वडाध्यक्ष निम बहादुर चलाउनेका अनुसार अघिल्लो आर्थिक वर्षमा वडामा ३४ वटा योजनाहरुले पूर्णता पाएका छन् ।
करिब २ करोड ७२ लाख ४८ हजार बढि रुपैयाँमा विकास निर्माणका योजनाहरु सम्पन्न भएका थिए । वडाध्यक्ष चलाउनेका अनुसार विभिन्न ७ शिर्षक अन्र्तगत वडागत बजेटमा ५ वटा, सडक मर्मत सम्भार जगेडा कोषमार्फत ३ वटा, सडक बोर्डमार्फत ४ वटा, कोटेशन मार्फत १२ योजना, साझेदारी कार्यक्रममार्फत ५ वटा, क्रमागत योजनामार्फत २ वटा र रोजगारी कार्यक्रममार्फत ३ वटा गरी ३४ योजना सम्पन्न भएका छन् ।
सम्पन्न योजनाहरुमध्ये जलाधार र कोहलपुर नगरपालिकासँगको साझेदारीमा ५ वटा योजनाहरु ६ लाख ५ हजार रुपैयाँ लागतमा सम्पन्न भएका छन् । यस्तै वडागत बजेटमार्फत सम्पन्न ५ वटा योजना ४० लाख ८० हजार, मर्मत सम्भार शिर्षकमार्फत ३ लाख ८० हजार, सडक बोर्डमार्फत सम्पन्न योजनामा ५१ लाख ३१ हजार, कोटेसनमार्फत सम्पन्न १२ वटा योजना ३७ लाख ८५ हजार, क्रमागत योजना ५२ लाख १४ हजार रुपैयाँमा सम्पन्न भएको वडाध्यक्ष चलाउनेले जानकारी दिए । सबै योजनाहरु शत प्रतिशत सम्पन्न भइसकेको वडाले जनाएको छ ।
यस्तै वडा सचिव दामोदर शर्माले आ.ब. ०७७/०७८ को कार्यप्रगति प्रस्तुत गर्दै वडाले भूमी कर तथा मालपोतबाट ७ लाख ५३ हजार ६ सय ५ रुपैयाँ र सम्पत्ती करतर्फबाट ३ लाख ४१ हजार २ सय ६७ रुपैयाँ आम्दानी भएको बताए । यस्तै वडाले आ.ब. ०७७/०७८ मा सेवाग्राहीहरुमध्ये ७५५ जनाले घर बाटो विवरण सिफारिस लिएका छन् ।
चार किल्ला प्रमाणितमा ४५५ जना, नागरिकता सिफारिसमा ११९ जना, नाता प्रमाणितमा ९१ जना र अन्य सिफारिसमा २ हजार १ सय सेवाग्राहीलाई सेवा प्रवाह गरिएको वडा सचिव शर्माले बताए । यस्तै वडाले पञ्जिकरणतर्फ १५९ जनाको जन्म दर्ता, ५६ जनाको विवाह दर्ता, ३६ जनाको मृत्युदर्ता, १ सय २९ जनाको बसाइ सराई दर्ता र ५ जनाको सम्बन्ध विच्छेद अभिलेख दर्ता गरेको छ ।
वडा सचिव पौडेलले बताएअनुसार गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पहिलो चौमासिक मार्फत ५ सय ५९ जनाको ५३ लाख १५ हजार ४ सय ९७ रुपैयाँ निकाशा भएकोमा ४२ लाख ९ लाख, दोस्रो चौमासिक अन्र्तगत ३सय ९० जनाको ३७ लाख ४३ हजार ३सय ९३ रुपैयाँ निकासा भएकोमा ३७ लाख ३ सय ९३ रुपैयाँ र तेस्रो चौमासिक अन्र्तगत ४ सय २ जनाको ३८ लाख ७७ हजार ४ सय ५१ हजार रुपैयाँ निकाशा भएकोमा ३८ लाख ४७ हजार ५१ रुपैयाँ वितरण गरिएको छ ।
२६ श्रावण २०७८, मंगलवार १६:२७ प्रकाशित