१३ बैशाख २०८१, बिहीबार
सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड
  • काँचुली खबर

शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो-२०१८’ अवार्ड दनुवारलाई संयुक्त रूपमा प्रदान गरेका हुन् ।

अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्टमध्येबाट बढीमा १० अभियन्तालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार चौथो नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् । यसअघि न्यायाधीश टेकनारायण कुँवर र प्रहरी उपरीक्षक किरण बज्राचार्यले पनि यही अवार्ड पाएका थिए ।

यो अवार्ड अमेरिका सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठत मानिन्छ । अमेरीकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउँदै उद्धार र पुनःस्थापना तथा कानुनी लडाइँमा सफलता प्राप्त गर्ने विश्वभरिका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्दछ ।

बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समुह विश्वकै पहिलो संस्था हो । अमेरिकी बिदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको रुपमा शक्ति समूहलाई मान्यता दिइएको छ । दनुवारले मानब बेचबिखन बिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरीकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । शक्ति समूहले मानब बेचबिखन तथा आधुनिक दासताविरुद्ध २० वर्षदेखि निरन्तर क्रियाशील छ ।

  • १५ असार २०७५, शुक्रबार १४:०८ प्रकाशित
  • Nabintech