माओवादीले आज मन्त्रीहरुको नाम टुङ्गाउने
  • काँचुली खबर

सत्ता गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ । यसअघि आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले मन्त्रीको नाम टुंगो लगाउने र एक दुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने र एमालेमै फर्किने सम्भावना देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए ।

माधव समूह सरकारमा सहभागी नहुने भएपछि मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा माओवादी लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल यसअघि नै सहभागी भैसकेका छन् । माओवादीको भागमा ७ वटा मन्त्रालय परेको छ ।

आइतबारको बैठकले केन्द्रीय कमिटी बैठक साउन ३० का लागि सार्ने निर्णय पनि गरेको थियो ।

  • १८ श्रावण २०७८, सोमबार ०९:३६ प्रकाशित
  • Nabintech