५ जेष्ठ २०८१, शनिबार
कण्डमले दिलायो ओलम्पिक पदक !
  • काँचुली खबर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो ओलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर, उनका शुभेच्छुकलाई थाहा छैन होला उनले चलाउने नाउ चालु हालतमा राख्न कण्डमको प्रयोग गर्ने गर्दछिन् ।

फक्सले आफ्नो इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेकी छन् । यो भिडियामा फक्सका एक सहकर्मी उनको नाउ ठीक गर्न कोशिस गरिरहेका हुन्छन् । केही समयपछि उनी उक्त नाउलाई ठीक गर्नका लागि कण्डमको प्रयोग गरिरहेको देखिन्छ ।

उनले यो भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘मलाई आशा छ कि तपाईंहरुलाई थाहा छैन होला कि एक कण्डमलाई कायक बोटलाई बनाउनका लागि प्रयोग गर्न सकिन्छ । यो कार्बनलाई धेरै नै समुचित आकार दिन्छ ।’

२७ वर्षकी फक्सको यो भिडियो आफ्ना शुभेच्छुक माझ भाइरल भइरहेको छ । यसपछि उनी ओलम्पिकमा कास्य पदक जित्न सफल पनि भइन् ।

  • १७ श्रावण २०७८, आईतवार १८:५७ प्रकाशित
  • Nabintech