रेशम चौधरी अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गरेका हुन् ।
पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । बैठकमा सहभागी जसपाका एक कार्यकारिणी समिति सदस्यले भने, ‘वहाँले जसपामा नै रहेको जवाफ दिनुभयो ।’
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको ती सदस्यको भनाइ छ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई कारवाहीको प्रक्रिया थालेका छन् ।
     १३ श्रावण २०७८, बुधबार १९:३७ प्रकाशित