४ बैशाख २०८१, मंगलवार
सहयोगकोलागि सपनाको याचना
  • काँचुली खबर

कोहलपुर नगरपालिका-२ बर्दहवाकी ३० वर्षिय सपना थारुले आप्mनो उपचारकोलागि सहयोगको याचना गरेकी छन । सपनाको करिब ४ वर्षअघि नेपालगन्ज मेडिकल कलेजको शिक्षक अस्पताल कोहलपुरमा मृगौलामा रहेको पत्थरी फाल्न अप्रेसन भएको थियो ।
सामान्य परिवार र मजदुरी गर्नुपर्ने बाध्यताका कारण अप्रेसन पश्चात सो घाउ राम्रोसँग निको हुन सकेन । बरु घाउ बल्झिएपछि गत माघ १९ गते सपनाको शिक्षण अस्पताल कोहलपुरमै फेरी त्यही मृगौलाको अपरेशन गर्नुप¥यो ।
अपरेशन पश्चात सो मृगौलाको वरिपरि पिप भरिदै गयो र मृगौलापनि मासुसँगै टाँसीएर बसेकाले सपनाको बाँया मृगौलाबाट निरन्तर पिप बाहिर निस्कीरहेको र उनको मृगौला नै निकाल्नुपर्ने अप्रेसनमा सहभागी चिकित्सकले बताएका छन ।
चिकित्सकले मृगौला निकाल्न काठमाण्डौको बिर अस्पतालमा जान रिफर समेत गरेका छन । तर काठमाण्डौं जाने र उपचारकालागि खर्च जुटाउने कुनै स्रोत सपनासँग नभएपछि उनि जिवन रक्षाको सहयोगको याचना गर्दै कोहलपुर नगरपालिका पुगेकी छन ।
श्रीमानले कान्छी श्रीमती लिएर अलग्गै बस्न थालेपछि उनलाई साथ र सहयोग गर्ने समेत कोही छैन । कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीको कार्यकक्षमा सहयोगको याचना गर्न पुगेकी सपना थारुले कसरी आर्थिक जोहे गरेर आप्mनो जिवन बचाउने चिन्तामा रहेको बताईन ।
उप प्रमुख चौधरीले आफुले सक्दो सहयोग गर्ने बताउँदै अन्य ब्यक्ति, संस्था र निकायहरुबाट पनि आर्थिक सहयोग उपलब्ध गराई आर्थिक अवस्था कमजोर भएकी सपनालाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेकी छन ।

  • १४ असार २०७५, बिहीबार २२:२१ प्रकाशित
  • Nabintech